२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

जलविद्युत आयोजना पहिरो, उच्च जोखिममा मानव बस्ती

  • २०७७ श्रावण १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन १७, २०७७
    चौताराः इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम साइडमा गएको भिषण पहिरोको कारण आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७।५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको ड्याममा गएराति २ बजे तिर पहिरो खसेकोे हो।

    पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य गेट, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवाफाल्ने) तथा पोखरीलाई पुर्ण रुपमाक्षति पु¥याएको छ । पहिरोले तिपेनीबजार तथा पहिरो माथिको मानब बस्ती समेत जोखिममा परेको छ ।

    निरन्तरको बर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण तथा बिस्तारको कारण उक्त क्षेत्रमा यसअघि पनिपहिरो खस्दै आएको थियो । पहिरोको कारण सवारी साधन तथा मानिसहरुको आवतजावत समेत बन्द भएको छ । उक्त स्थानमा बैकल्पिक बाटो समेत नहुँदा सयौँ मानिस बिचबाटोमै अलपत्र परेका छन् ।

    पहिरोको कारण अलपत्र मानिसको उद्धार तथा अबरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङपाल गाउँपालिकाकाअध्यक्ष टासि लामाले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस