साउन १५, २०७७
हेलम्बुः हेलम्बु गाउँपालिकाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को समुदाय स्तरमा फैलन सक्ने भएपछि गाउँपालिकामा अन्र्तगत रहेका सबैको बिमा गरेको छ। गाउँपालिकामा अन्र्तगतका ३ सय ५२ जनाको कोरोना बिमा गाउँपालिकाले गरिदिएको हो।
हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, पालिकामा कार्यरत सबैतहका सम्पुर्ण कर्मचारी, सबै तहका शिक्षक तथा सहयोगी कर्मचारीहरुको कोरोना बिमा गरिएकोे पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।
पछिल्लो चरणमा कोरोना भाइरस समुदायमा फैलने खतरा बढ्दै गएपछी काममा खटिने जनप्रतिनिधि र कर्मचारीको कोरोना बिमा गरिएको उनले बताए।
आइ. एम. इ जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत गरिएको बिमाको अवधि आगामि चैत्र मसान्त सम्म कायम हुने बताए। अवधिभित्र बिमितको पिसिआर रिपोर्ट पोजेटिभ आएमा कम्पनिले रु १ लाख प्रदान गर्ने गर्नेछ।
प्रतिक्रिया दिनुहोस