साउन १४, २०७७
चौताराः बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा गएको बाढी पहिरोबाट बिचल्ली परेकालाई सहयोग संकलन गरिएको छ। उद्योग वणिज्य संघ मेलम्ची शाखाले मेलम्ची बजारका व्यवसायिहरुसँग सहयोग संकलन गरेको हो।
बाढी पहिरो पीडितको सहयोगको लागि मेलम्चीमा ३३ हजार संकलन भएको उद्योग वणिज्य संघ मेलम्ची शाखाले मेलम्चीका उपाध्यक्ष्य राम कृष्ण चालिसेले जानकारी दिए।
पीडितहको सहयोगका लागि अन्य ठाँउमा पनि सहयोग संकलन जारी रहेको उनले बताए। रकम सकलन भइसकेपछि एकमुष्ट रुपमा पीडितलाई घटनास्थलमा नै पुगेर वितरण गर्ने जनाए।
प्रतिक्रिया दिनुहोस