प्रधानमन्त्री ओली एकलौटी चल्नुभयो, उहाँसँग छलफल हुन्छ
साउन १३, २०७७
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्कालै पार्टीभित्र बहुमतका आधारमा निर्णय गर्ने पक्षमा नरहेको बताएका छन्। स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँगको हतारमा निर्णय गरेर संकटतर्फ जाने पक्षमा नरहेको बताएका छन्।
हामी छिटो हतारमा कुनै निर्णय गर्न चाहादैनौँ सकेसम्म सहमतिमा बहुमतको आधारमा अघि बढ्ने पक्षमा छैनौँ उनले भने, ओलीसँगको छलफलपछि मात्रै निर्णय हुन्छ।
पार्टी एकता रक्षा गरेर संकट सकारात्मक ढंगबाट आआफ्नो ठाउँबाट आह्वान गरेको समेत बताए। हामीले हतारमा निर्णय गरेर संकट ल्याउनेभन्दा पार्टीभित्र सहमति गरेर अघि बढ्ने पक्षमा छौँ उनले भने, त्यसैले हामीले आजको बैठकपछि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग छलफल गर्ने निर्णयमा पुगेपछि अघि बढ्ने निर्णय गरेका हौँ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधि विपरित एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेको बताए। उहाँले एकलौटी रुपमा बैठक स्थगित गर्नुभयो। त्यसैैले पाटीभित्रको विवाद थप संकटको मोडमा पुग्यो।
आजको बैठक अघि अध्यक्ष प्रचण्ड र झलनाथ खनाल ओलीसँगको छलफलमा जानुभएको थिया। तर, उहाँलाई बैठकमा उपस्थित हुन गर्न र बैठक अगाडि बढाउन आग्रह गर्दा अस्विकार गरेको बताए। संकट सकारात्मक रुपमा अघि बढ्न ओलीसँग पनि छलफल गर्ने निर्णय गरेका बताए। लिकै ठुलो लक्ष्य र उद्देश्य लिएर आएको पार्टी भएकाले पार्टी एकता नहुने जनाए। महाधिवेशनको चर्चा जति भएको छ। त्यो केन्द्रीय कमिटीका निर्णयअनुसार हुन्छ उनले भने।
बैठकले पार्टीभित्रको संकट सकारात्मक रुपमा समाधान गर्नका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्न अध्यक्ष दाहाललाई दिर्ने निर्णय समेत गरेको छ। उहाँहरु छलफल गर्नुहुन्छ। छलफलपछि मात्रै अबको बैठक बस्छ उनले भने। आजको बैठकमा २९ जना स्थायी कमिटीको सदस्यहरुको सहभागिता रहेका बताए।
प्रतिक्रिया दिनुहोस