२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

नेकपा विवाद उत्कर्षमाः स्थायी कमिटी अनिश्चितकालका लागि स्थगित

  • २०७७ श्रावण १३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • साउन १३, २०७७

    काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेतहरुबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको हो।

    आजको बैठक स्थागित भएको जानकारी दिए पनि अर्को बैठकको टुंगो लागि नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उनले दुई अध्यक्षबीच परामर्शपछि बैठकको टुंगको लाग्ने बताए।

    पार्टीभित्रको आन्तरिक विवादको कारणले फुटको संघारसम्म पुगेको अवस्थामा सोमबार अध्यक्ष दाहाल निवास खुमलटारमा भएको भेलाले आजको बैठकलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर, अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओली बैठक तत्कालै नराख्ने पक्षमा थिए। ओली दाहालबीच बिहान ९ बजे छलफल हुने बताइएका थियो। तर, आन्तरिक छलफलका कारणले भेटवार्ता समेत हुने सकेन।

    त्यसो त खुमलटार भेलाले प्रधानमन्त्री ओली बैठकमा नआए अध्यक्ष दाहालले बैठक सञ्चालन गरेर बहुमतको आधारमा अघि बढ्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री ओलीको कार्यअसन्तुष्टि जनाउदै अध्यक्ष दाहाल, बरिष्ठ नेता नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुको प्रधानमन्त्री राजीनामा माग गरिरहेका छन्।

    तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने पक्षमा छन्। उनीहरुले पार्टी भित्रको विवाद समाधान गरेर एकता जोगाउन प्रधानमन्त्री ओलीले सहमतिमा एक पद छाड्नुपर्ने बताउदै आइरहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस