साउन १३, २०७७
मेलम्चीः सिन्धुपाल्चेक जिल्लामा पनि बादर धपाउने यन्त्र भित्रिएको छ। मेलम्ची नगरपालिका १ का किसानले बादर धपाउन यन्त्र ल्याएका हुन्।
जंगली वन्यजन्तुले दुख दिएपछी हैरान भएपछि न्यूनिकरण गर्न यन्त्र वितरण गरिएको वडाध्याक्ष कृष्ण चौलाँगाइले जानकारी दिए। किसनाले लगाएको सबै अन्न जंगली जनावरले सखाप पार्न थाल्यो। यसले केही कम गर्नकि भन्ने लागेर ल्याएका हौँ उनले भने।
बाँदर, बदेल, दुम्सी जस्ता वन्यजन्तु भगाउने यस्तो यन्त्र प्रयोग गरिने बताए। वडाका अहिले १५ ओटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई १।१ वटा वितरण गरिएको जनाए।
यसअघि जंगली जनावरले बाली सखाप पार्न थालेपछि सिन्धुपाल्चोक स्थानीय तहहरुले नियन्त्रणका लागि बजेट समेत विनियोजन गर्ने गरेको थियो।
प्रतिक्रिया दिनुहोस