साउन १३, २०७७
चौताराः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ थाक्लेमा एकजनाले आफ्नै छोरामाथि खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहार गर्नेमा थाक्ले का ५७ बर्षीय नवराज तामाङ रहेका छन्।
उनले आफ्नै छोरा २८ वर्षीय पूर्ण बहादुर तामाङलाई खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए। घरायसी बिषयमा बिवाद भएको र खुकुरी प्रहार गर्दा पूर्ण बहादुरको टाउको, घुँडा, पैताला लगायत भागमा काटिएको बताए।
खुकुरी प्रहारबाट घाइते पूर्णबहादुरको धुलिखेल अस्पातलमा उपचार भईरहेको जनाए। घटना भएको जानकारी पाउने बितिकै पुगेको प्रहरी टोलिले घर नजिकैबाट खुकुरी प्रहार गर्ने बाबु नवराजलाई नियन्त्रणमा लिएर छ।
पक्राउपछि सोमबार नै जिल्ला अदालत सिन्धुपाल्चोकमा पेस गरेको छ । अदालतले १० दिन थुनामा राखि अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएकोछ। घाइतेको अवस्था खतरा मुक्त रहेको बताए।
प्रतिक्रिया दिनुहोस