२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

गृहको कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक ‘ए’ ग्रेटमा

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • अन्तिममा परेको थियो अघिल्लो वर्ष

    साउन १२, २०७७
    चौताराः गृह मन्त्रालयले हरेक बर्ष गर्ने कार्यसम्पादन मुल्यांकन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ए ग्रेडमा परेको छ। मुख्य ६ क्षेत्रलाई आधार मानेर गृहले प्रशासनको मुल्यांकन गर्ने गरेको छ।

    शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुसासन र सेवा प्रवाह, सामुहिक सुधारको वातावरण, विपद व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्यांकन गरि ग्रेड छुट्टाइने गरेको छ।

    सम्पूर्ण जिल्लाबासिको सहयोगले गर्दा यसबर्ष उत्कृष्ट ए ग्रेटमा पर्न सफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

    अघिल्लो वर्षको मूल्यांकनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो। गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच आर्थिक वर्ष ०७६।७७ मा कार्यसम्पादन मुल्यांकन सम्झौता भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस