२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सोमबार थपिए १३९ कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन १२, २०७७
    चौताराः नेपालमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०।१० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

    उनका अनुसार बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३र३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक।एक जनामा पनि संक्रमण थपिएका छन्।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ। भने १३ हजार ७५४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका छन् ।

    थप एकको मृत्यु

    प्रवक्ता गौतमको अनुसार कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो ।

    उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उनीहरु मध्ये ४८ जनाको मृत्यु भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस