२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

तत्काललाई सिन्धुपाल्चोक कोरोना मुक्त

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन १२, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्ला तत्कालका कोरोना मुक्त भएको छ। आइसोलेसनमा रहेका सबै विरामी घर फर्किएपछि तत्काललाई सिन्धुपाल्चोक कोरोना मुक्त भएको हो।

    सिन्धुपाल्चोकमा हालसम्म ६५ जनामा कोरोना पोजेटिभ देखिएको
    जिल्ला अस्पतालका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए। संक्रमितमध्ये ६३ जनाले कोरोना जितेको उनले बताए। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको थियो।

    कोरोना विरुद्धको लडाइँमा प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्‍याउनुहुने सबैप्रति आभार व्यक्त गरेका छन्। शुन्य संक्रमणको अवस्था भएपनि पुनः संक्रमण देखिन सक्ने जोखिम कायम नै रहेकाले थप सचेतना अपनाउदै सामाजिक दुरी कायम राख्न सुझाएका छन्।

    यस्तै, भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्न पनि चापागाईले सबैलाई आग्रह गरेका छन्।

    कोरोनाबाट नेपालमा पहिलो मृत्यु सिन्धुपाल्चोकमा भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस