२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

गजल

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन १२, २०७७

    आभा निरु

    आफ्नाहरु पनि पराई झै तर्किउन् असर पर्दैन
    बस्न आउनेहरु बिचैबाट फर्किउन् असर पर्दैन ।

    आफनै पाखुरा बजारेर बाँच्ने हो आमा सकुन्जेल्
    नमिठो बोलिमा हर कोही झर्किउन् असर पर्दैन ।

    बाटो पर्दा पनि देखिन्छ कि झै गरेर लुकिलुकी
    दुरदुरबाट आफ्नै गन्तब्यमा लर्किउन् असर पर्दैन ।

    सम्झाउदै घरीघरी बितेको समयलाई बर्तमानमा
    राख्नु मनमा हेक्का नुनचुक छर्किउन् असर पर्दैन ।

    रित्तो आएर रितै जाने हो कसले के लान्छ यहाँ
    नलिनुस् सुर्ता दुनियाँ सुखमा मर्किउन् असर पर्दैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस