क्रसरको मापदण्ड विपरीत उत्खननको परिणाम
साउन १२ , २०७७
चौताराः संघिय राजधानी काठमाण्डौंबाट सिन्धुपाल्चोक मेलम्ची जोड्ने पक्की पुल जोखिममा परेको छ। निरन्तर बर्षासँगै आएको बाढीले पुल जोखिममा परेको हो।
बाढीले पक्की पुलको मेलम्ची नगरपालिका १२ र १३ को सीमामा रहेको सिन्धुखोला मा अवस्थित पुल जोखिममा परेको वडा नं. १३ का वडाध्यक्ष देवेन्द्र घोरासैनीले जानकारी दिए।
इन्द्रावति खोलामा संचालीत क्रसरले मापदण्ड विपरीत खोलाको धार परीवर्तन गर्ने, नदि गहिराउने कार्य गर्दा तल गहिरो भएर माथिका संरचना वगेको स्थानीयले बताएका छन्।
बर्षाको पानिको बहाब बढे संगै खोलाको सतह बढ्दा पुलको जग खोलिएको छ । पुलको पिल्लर चर्किएर खोलिएको स्थानीय कञ्चन ढुंगानाले बताए।
काठमाण्डौ मेलम्ची जोडने प्रमुख सडक मार्गमा पर्ने ५५ मिटरको पुल जोखिममा पर्दा सम्भावित दुर्घटनाका कारण स्थानीयमा त्रास फैलिएको छ । काठमाडौँबाट राजधानीबाट यही पुलबाट गर्दै मेलम्ची हुदै पर्यटकिय क्षेत्र हेलम्बु पुग्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस