२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

पानी थेग्न नसक्ने मेलम्ची गेट!

  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ४ साल अघि
  • प्रवेशद्वारको डिजाइन र फिटिङमा समस्या रहेको आकलन

    साउन ११, २०७७
    चौताराः मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ ।

    सुरुङमा पानी पठाउँदा एक्कासी पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ ।

    कुल क्षमताको एक तिहाइ पानीको दबाब गेटले थेग्न नसकेपछि मेलम्चीको पानीको प्रतीक्षा गरेका राजधानीवासीले अझै केही महिना धैर्य गर्नुपर्ने भएको समाचार आजको गारखापत्र दैनिकले लेखेको छ ।

    सो घटनापछि पानी पथान्तरणको काम हाल स्थगित भएको छ । हेडबक्स निर्माणको काम भइरहेको तर पथान्तरणको काम अध्ययन समितिले प्रतिवेदन दिएपछि सुरु हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

    प्रवेशद्वारको डिजाइन र प्रवेशद्वार फिटिङमा समस्या रहेको हुनसक्ने अध्ययन समितिको प्रारम्भिक आकलन छ ।खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिक तथा इन्जिनियर सहितको अध्ययन समिति बनाएको थियो ।

    सुरुङ भित्रको ५२ मिटर उचाइ सम्मको पानीको दबाब थेग्न सक्ने क्षमताको प्रवेशद्वार जडान गरिएको थियो तर १६ मिटर उचाइको पानीमै प्रवेशद्वार खुल्नु आश्चर्यजनक भएको दुवाडीको भनाइ छ । गेटको क्षमता, गेट जडानको अवस्थाका बारेमा अध्ययन गरिएको छ ।

    ‘मन्त्रालयका प्रवक्ता रितेश शाक्यले एक्कासी गेट खुलेर दुर्घटना हुन पुग्यो, प्राविधिक रूपमा सबै संरचना तयार भएपछि हामीले पानी पथान्तरण सुरु गरेका हौँ,’ उनले भने,  ‘तर गेट किन खुल्यो? प्रतिवेदन नआउन्जेल केही भन्न सकिँदैन ।’

    सुरुङ भित्रको पानीले बगाएको गाडी मेलम्ची खोलामा अड्किएको थियो । मन्त्रालयले घटनामा मृत्यु तथा घाइते हुनेलाई राहत तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस