साउन १०, २०७७
चौताराः भोटेकोशी बाढी पहिरो पीडितहरु खाद्यन्नको अभाव झेल्न बाध्य भएका छन्। बाढीले अरनिको राजमार्ग अबरुद्ध गरेपछि भोटेकोशी बाढीपहिरो पीडितहरुले खाद्यन्नको अभाव झेल्न बाध्य भएका हुन्।
भोटेकोशी बाढीले सडक अबरुद्ध गरेपछि बाह्रविसेदेखि तातोपानी नाकासम्मको २६ किलोमिटर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। बाढीले सडक भत्काएपछि बाह्रविसे नगरपालिकाको केही र भोटेकोशी गाउँपालिका स्थानयले खाद्यन्नको अभाव खेपिरहेका छन्।
सडक अवरुद्ध भएपछि खाद्य सामाग्री बा्रहवसे बजारबाट बोकेर जोहो गर्न परेको स्थानीय बताउँछन्। भोटेकोशी गाउपालिकासँग समन्वय गरेर हेलिकोप्टरबाट तत्काललाई खाद्यान्न संकट नहोस् भनेर लगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। छिमेकी मुलुक चीनबाट बाढीपहिरो पीडितका लागि ४० मेट्किटन खाद्यन्न आउन लागेको समेत बताए।
प्रतिक्रिया दिनुहोस