२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

सञ्चालनमा आयो सार्वजनिक सवारी साधन

  • २०७७ श्रावण ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • साउन ८, २०७७
    चौताराः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत रहेका सार्वजनिक यातायातका साधनहरु आजदेखि सञ्चालनमा आएका छन्। यसअघि विभिन्न कम्पनी र संघ अन्तर्गतका सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा आएका थिए।

    महासंघ अन्तर्गतका कम्पनीका बसहरु आज बिहानैदेखि सञ्चालनमा आएको महासंघका उपमहासचिव बसन्त भण्डारीले जानकारी दिए। सरकारले बस सञ्चालनको अनुमति दिए पनि यसअघि व्यवसायीहरुले कोरोनाको जोखिम रहेका कारण सरकारले स्वास्थ्य सामग्रीका लागि सहयोग गर्नुपर्ने, बैंकको किस्ता तिर्ने म्याद थपिदिनुपर्ने लगायतका मागहरु राखेर यातायात सञ्चालन गरेका थिएनन्।

    नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले आफ्ना धेरैजसो मागहरु सम्बोधन गरेको भन्दै सार्वजनिक यातायात व्यवसायी महासंघले गत हप्तादेखि नै बसहरु सञ्चालनमा ल्याएको थियो। साझा बस, मयुर यातायात, संयुक्त यातायातलगायतले पनि गत हप्तादेखि नै बसहरु सञ्चालनमा ल्याएका थिए।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव भण्डारीका अनुसार यात्रुहरुको संख्या अत्यन्तै कम रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस