२०८२ बैशाख २, मंगलबार | Tue, 15, Apr, 2025

लकडाउन हट्याे: कुन क्षेत्र खुल्याे, कुन क्षेत्र खुलेनन्?

  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • साउन ७, २०७७
    चाैतारा: सरकारले हिजा मध्यरातबाट लक डाउन खुला गरेकाे छ। गत चैत ११ गतेबाट जारी भएको लकडाउन हिजाे रातिबाट खुलेकाे हाे।

    आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।

    लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए। सरकारले आज रातिबाट लक डाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन व्युटी पार्लर स्विमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए।

    यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताएका छन्। सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने खतिवडाले बताएका छन्।

    भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।

    अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उनले बताएका छन्। स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर लुकिछिपी आएमा कानुन अनुसार कारवाही गरिने खतिवडाले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस