२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

सभामुखले देखाए विपद् क्षेत्रमा गरिने राहत र पुर्नस्थापनामा चासो

  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • साउन ६, २०७७

    चौताराः सभामुख अग्निप्रसाद सापकोटाले विपदग्रस्त क्षेत्रमा गरिने राहत र पुनस्थापनाबारे चासो देखाएका छन्। देशभर बाढी पहिरो र डुवानले प्रकोप बढ्दै गएपछि सभामुखले चासो देखिएका हुन्।

    मंगलबार सभामुख सापकोटाले राष्टिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग छलफल गरेका छन्। उनले भोटेकोशी बाढी, पहिरो र लगातारको बर्षाले निम्त्याएको विपत्तिको बारेमा छलफल गरेका हुन्।

    सभामुख सापकोठाले प्रभावित क्षेत्र र सम्भावित जोखिममा प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको कार्यबारे जानकारी समेत लिएका छन्।

    सिन्धुपाल्चोक उच्च जोखिममा

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको छलफलमा कार्यकारी प्रमुख पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लामा गरेको पहिरो सम्बन्धि तथ्यांकका आधारमा सिन्धुपाल्चोक पहिरोका दृष्टिकोणले सबैभन्दा जोखिममा रहेको जानकारी दिए।

    सिन्धुपाल्चोक जिल्लाभित्र पनि भोटेकोशी गाउँपालिका पहिरोका कारण उच्च जोखिममा रहेकोले सतर्कता अपनाउनुपर्नेमा जोड दिए। जोखिमयुक्त गाउँ, बस्ती र घरधुरीलाई त्यहाँको जोखिमबारे स्थानीय सरकार मार्फत जानकारी दिने तयारी भइरहेको बताए।

    केरुङ च्छो फुट्ने सम्भावना टर्यो

    सभामुख सापकोटाले तिब्बतर्को केरुङ च्छो तालमा पानीको मात्रा घटेको सूचना आएकोले तत्कालका लागि फुट्ने खतरा टरेको बताए। प्राधिकरणले तालमा पानीको मात्रा, ताल फुटेमा त्यो पानी नेपाली भूभागसम्म आइपुग्न लाग्ने समय र सम्भावित क्षतिबारे पनि अध्ययन गरिरहेको पोखरेल जनाए।

    समस्याबारे जानकारी

    छलफलमा तीन दिनसम्म रुपमा बाह्रबिसे र भोटेकोशीको स्थलगत अवलोकन र राहत उद्दारमा सहभागी भएर फर्किएका नेकपा केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा सुबोध, नेकपा नेता सरल सहयात्री र भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिका भित्र बाढी पहिरोले गरेको क्षति र प्रभावित स्थानीयले भोग्नुपरेको समस्याको बारेमा जानकारी गराएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस