२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

हेलम्बुका सामुदायिक विद्यालयमा ‘किचेन गार्डेन’

  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • साउन ६, २०७७
    चौताराः हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा अनिवार्य किचेन गार्डेन कार्यक्रम लागू गरेको छ। पालिकाले अनिवार्य रुवमा किचेन गार्डेन कार्यक्रम अघि सारेपछि विद्यार्थी, शिक्षक र अभिभावकहरुमा खुसी भएका छन्।

    सामुदायिक विद्यालयहरुमा किचन गार्डेनसहित दिवा खाजाको कार्यक्रम लागू गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।
    हामीले विद्यालयमा यस्तो कार्यक्रम ल्याएपछि विद्यार्थीहरुले जंगफुड खानुपर्ने बाध्यता हट्दै गएको छ उनले भने।

    हेलम्बु गाउँपालिका भित्रको ३४ वटा सामुदायिक विद्यालय र २ वटा निजि विद्यालयमा यो कार्यक्रम लागु भएको उनले बताए। शिक्षकहरुलाइ ३ दिने तालिम समेत जनाए।

    विगतमा गर्दै गरेको खेति प्रणालिलाइ नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जाने र नयाँ पद्धति अनुसार खेति गर्ने तरिका सिकाउने उदेश्यले हेलम्बु गाउँपालिकाले विद्यालय किचेन कार्यक्रमको सुरुवात गरेको हेलम्बु गाउँपालिकाका कृषि शाखाका प्रमुख टोप बहादुर बरुवालले जानकारी दिए।

    किचेन गार्डेनमा गोलभेडा, फलिरहेको छ भने भण्टा, बन्दा, घ्यु सिमि लगाएतको तरकारीहरु उत्पादन भइरहेको बताए।सामुदायिक विद्यालयहरुमा जंगफुडलाई प्रतिवन्ध गर्दै सबै विद्यालयहरुमा किचेन गार्डेनको लागि २१ लाख बजेटसमेत विनियोजन गरेको पालिका अध्यक्ष शेर्पा बताउँछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस