२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

न्यालम क्षेत्रमा बर्षाः केरुङ च्छो ताल फुट्न सक्ने, भोटेकोशी तटिय क्षेत्र उच्च जोखिममा

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार ५, २०७७

    चौताराः अविरल बर्षाको कारणले चिनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको ताल फुट्ने सम्भावना बढेको छ। चिनको न्यालम क्षेत्रमा अत्याधिक बर्षा भइरहेको हुुनाले भोटेकोशी तटिय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन प्रशासन कार्यालयले आग्रह गरेको छ।

    चिनको केरुङ च्छो ताल फुट्न गएमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिका क्षेत्रका बस्ती उच्च जोखिममा पर्ने भएकाले सचेत रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।

    न्यालम क्षेत्रमा उच्च बर्षा भइरहेको जानकारी आएको छ। त्यहाँको ताल फुट्ने सक्ने सम्भावना बढ्दै गएको समेत बताइएको छ उनले भने, केही गरि त्यो ताल फुटेमा भोटेकोशी तटिय क्षेत्रका मानव बस्तीहरु सबै बगाउँन सक्छन्। त्यसैले सबै सचेत रहेर जोखिमयुुक्त ठाउँ छाड्न आग्रह गरेका छौँ।

    सिन्धुपाल्चोकको बलेफि गाउँपालिका खाडिचौरसम्म उच्च जोखिम भएको एसपी प्रज्ववल महर्जनले बताए। यसले भोटेकोशी तटिय क्षेत्र भएर सिन्धुलीसम्म क्षति पुर्याउन सक्छ। त्यसैले अहिले जोखिमयुक्त क्षेत्रमा माइकिड गरेर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेका छौँ उनले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस