२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

मेलम्ची परीक्षणको काम रोकियो, अध्ययनपछि मात्रै काम थालिने

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन ५, २०७७
    चौताराः मेलम्ची खानेपानी आयोजनामा गत असार ३० गते मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका १ अम्बाथानको सुरुङमा दुर्घटनापछि परिक्षणको काम रोकिएको छ। दुर्घटनामा परी दुई जनाको ज्यान गएका थियो भने, २ जना घाइते छन् ।

    खानेपानी परीक्षणका लागि पठाइएको सुरुङभित्रको अवस्था हेर्न ४ जना सुरुङभित्र प्रवेश गरेका थिए । सुरुङभित्रको गेटको ढोका फुटेर उत्पन्न भएको बाढीले हाइलक्स गाडीलाई बगाएको थियो।

    सो घटनामा २७ वर्षीय इञ्जिनियर सतिस गोइत र ५६ वर्षका चालक राधाकृष्ण थापाले ज्यान गुमाए । घाइते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भइरहेको छ ।

    त्यसको एकसाता अघि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर खानेपानी मन्त्री बिना मगरले मेलम्चीको सुरुङमा पानी पठाउने कामको सफल परीक्षण भएको बताउदै काठमाडौँबासीले पानी पाउने दिन टाढा नभएको बताएकी थिइन् ।

    सुरुङमा पानी परीक्षणका क्रममा १५ देखि २० दिनभित्र साढे २६ किलोमिटर सुरुङ भरिएर सुन्दरीजलमा पानी झर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताएका थिए । अहिले खानेपानी मन्त्रालयले एउटा छानविन समिति बनाएर सो दुर्घटनाको अध्ययन गरिरहेको छ ।

    कसरी के कारणले दुर्घटना भयो त्यसको अध्ययन भइरहेको छ उनले भने, अध्ययनपछि मात्रै आयोजनाका काम फेरि सुरु हुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस