२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

नेकपा विवाद उत्कर्षमा: स्थायी कमिटी स्थगित, भाेलि सचिवालय बैठक

  • २०७७ श्रावण २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • साउन २, २०७७
    चाैतारा: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा किचलो चुलिँदै जाँदा सचिवालय बैठक भोलि शनिबारका लागि डाकिएको छ। असार १० देखि जारी स्थायी कमिटी बैठक पटक पटक स्थगित भइरहेको अवस्थामा नेकपाले सचिवालय बैठक बोलाएको छ।

    आज बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ४ सम्मलाई स्थगित भएपछि पार्टी नेतृत्वले सचिवालय बैठक डाकेको पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।

    दुई अध्यक्ष केपी शर्मा ओली र दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति संघर्ष थामिने अवस्था नभएपछि सचिवालय बैठक डाकिएको हो। सचिवालय बैठकमा पनि सहमतिको प्रयास गरिने बताइएको छ।

    अध्यक्ष दाहाल र नेपाल एकातिर उभिएपछि तत्काललाई ओली सचिवालय र स्थायी कमिटीमा पनि अल्पमतमा छन्। दाहालले पार्टी एकताका क्रममा भएको सहमति अनुसार आलोपालो प्रणाली लागू हुनै पर्ने अडान राख्दै आएका छन्।

    अर्कातिर वरिष्ठ नेता नेपालले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान लिएका छन्। तर ओलीले आफूले अहिलेको अवस्थामा दुवै पदबाट राजीनामा नदिने अडानमा छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस