खबरज्याेति असार ३०
हेलम्बु /मेलम्ची खानेपानी सुरुङ परिक्षणकाे क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता हुनुकाे साथै दुइ जना घाइतेे भएकाछन् ।
आज (मंगलबार )बिहान १२ बजे पानी भरिएकाे सुरुङकाे गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गाेहित बेपत्ता भएकाे त्याहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिए ।
मेलम्ची सुरुङकाे १७ नम्बर गेट फुटेपछि आएकाे बाढीमा परि सिनाे मेलम्ची खानेपानीका इन्जिनियर शेखर खनाल र कन्सलटेन्सिका पेम्बादाेर्जे लामा घाइते भएका छन् । बाढिले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएकाे छ । क्षतिकाे थप बिवरण अाउन बाँकी छ । मेलम्ची खानेपानी अायाेजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस