२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सिन्धुपाल्चोकमा कोरोनाबाट एक पुरुषको मृत्यु

  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • असार २७, २०७७

    चौताराः कोरोना भाइरस (कोभिड १९) का संक्रमणबाट सिन्धुपाल्चोक जिल्लामा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिकाको एक जनाको मृत्यु भएको हो।

    शुक्रबार पाटन अस्पतामा उपचारत एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए। उपचारका लागि काठमाडौँको पाटन अस्पताल जानुभएको थियो। उहाँको स्वास्थ्य परिक्षण गराउँदा कोरोना पोजेटिभ देखाएपछि त्यही राखिएको थियो उनले भने, हिजो राती मृत्यु भएको जानकारी आयो।

    सिन्धुपाल्चोकमा शनिबार थप ५ जनामा कोरोना देखिएको डिएसपी काफ्लेले बताए। आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ उनले भने।

    सिन्धुपाल्चोकमा यसअघि बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्कोरी महिलाको मृत्यु भएको थियो। नेपालमा कोरोनाबाट पहिलो मृत्यु सिन्धुपाल्चोकमै भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस