२०८१ चैत्र ३०, शनिबार | Sat, 12, Apr, 2025

इन्द्रावतीमा भव्य रंगशाला बन्दै

  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • असार २७, २०७७
    नवलपुरः सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका ५ बाँडेगाउमा भव्य रगशाला बन्ने भएको छ । प्रस्तावित रगशालाको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बशलाल तामाङले उद्घाटन गरेका हुन् ।

    ३ करोड ७९ लाख ११ हजार दुई सय नौ रूपैयाँ लागतमा निर्माण हुन लागेको सो रँगशाला यही बर्षको माघ २१ सम्ममा निर्माण गर्ने सम्झौता गरिएको छ । रगशाला निर्माणका लागि गाउँपालिकाले श्री वल्डवाईड आरवि जेभी कम्पनीसँग सम्झौता गरेको छ ।

    एक हजार दर्शक क्षमताको सो रंगशाला ४५ र०९ मिटरको क्षेत्रफलमा बन्ने पालिका अध्यक्ष तामाङले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस