२०८२ बैशाख २, मंगलबार | Tue, 15, Apr, 2025

मेलम्चीको पानी प्रतीसेकेन्ड ४ सय लिटर खोलामा छोडिने

  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • असार २७, २०७७
    मेलम्चीः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले पानी काठमाडौँ ल्याउन थालेपछि खोलामा प्रतीसेकेन्ड ४ सय लिटर पानी छाडिने भएको छ। खोलाको पानी सबै काठमाडौँ ल्याउने भएपछि स्थानीयको खेतीयोग्य जमिन समेत सिँचाई अभाव हुने भएपछि स्थानीयले विरोध जनाएका थिए।

    शुक्रबार मेलम्चीमा बसेको छलफलपछि आयोजजनाले प्रतीसेकेन्ड ४ सय लिटर पानी खोलामा छोड्ने जनाएको हो। मेलम्चीको पानी काठमाडौँ पठाउने काम अन्तिम चरणमा छ। अहिले सुरुड परिक्षणको क्रममा रहेको छ। मेलम्ची परिक्षण गर्ने क्रममा आयोजना एकलौटी चलेको भन्दै स्थानीय जनप्रतिनिधिले विरोध जनाएका थिए।

    मेलम्ची खानेपानी परियोजनाबाट प्रभावित क्षेत्र तथा बासिन्दाहरुलाइ परिपुरण दिने सम्बन्धी नियमावली २०७७ मन्त्रीपरिषदको क्याबिनेटमा पेश गरि पारित गर्नका शुक्रबार छलफल भएको हो।

    छलफलमा पूर्व कानुन मन्त्री तामाङ, प्रदेश साम्सद निमा लामा, इन्द्रमाया गुरुङ लगायत खानेपानी बोर्ड, जि.सस प्रमुख, स्थानीय तहका प्रमुख,राजनैतिक दलका प्रतिनिधी, ह्या.सि.मे.सा. उत्थान कार्यक्रम संचालन समितिका तथा स्थानीय खानेपानी समितिका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस