२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

अरनिको राजमार्ग तत्काल मर्मतको काम अघि बढाइने

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असार २६, २०७७
    चौताराः बाह्रविसे नगरपालिका ५ जम्बुमा आएको बाढी पहिरोले क्षतिग्रस्त भएका अरनिको राजमार्ग तत्काल मर्मतको काम अघि बढाइने भएको छ। राजमार्ग अवरुद्ध भएपछि बाह्रविसे र भोटेकोशी गाउँपालिका सडक सञ्जाल टुटेको छ।

    भोटेकोशी बाढीले बाह्रविसे प्रवेश गर्ने स्थान जुरेमा सडक कटान गरेपछि नेपाल चिनबीचको प्रमुख व्यापारीक तातोपानी नाकासँग समेत सडक सम्बन्ध टुटेको छ। निरन्तर बर्षाको कारणले बाह्रविसे र भोटेकोशी क्षेत्रका स्थानीय जोखिममा परेका छन्।

    सडक सम्बन्ध टुटेपछि समस्या देखिएकाले तत्कालै अरनिको राजमार्ग मर्मत गर्ने तयारी भएको बागमती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले जानकारी दिए। बाढीग्रस्त क्षेत्रमा अझै थप क्षति हुन नदिनको लागि भूसंरक्षरणका काम समेत तत्काल अघि बढाउने उनले बताए।

    जोखिममा परेकाहरुलाई तत्काल स्थानान्तरण गरिएको बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्माले जानकारी दिए। जोखिममा परेका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। भोटेकोशीको बहाव बढिरहेको हुनाले जोखिम अझै टरेको छैन उनले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस