२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

हेलम्बुमा स्वास्थ्य चौकीका कर्मचारीलाई सम्मान

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असार २६, २०७७
    मेलम्चीः हेलम्बु गाउँपालिकाद्घारा इचोक स्वास्थ्य चौकीका कर्मचारीलाई सम्मान गरेको छ । बिहीबार गाउँपालिकाले समग्र स्वास्थ्य क्षेत्रलाई प्रगति उन्मुख बनाउने सिलसिलामा मातृ तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको सन्दर्भमा सम्मान गरेको हो।

    स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) का इन्चार्ज विदुर ज्योती, अनमीद्घय निमाडोल्मा शेर्पा र सरिता खनाल सम्मान गरेका हुन् । बर्थिङ सेन्टरले ०७४।७५ मा ५ जना, ०७५।७६ मा ५५ जना र ०७६।७७ मा ११७ जना गर्भवती महिलाहरुलाई सुरक्षित सुत्केरी सेवा प्रदान गरेको चौकीका संयोजक ज्ञानेन्द्र सिग्देलले जानकारी दिए ।

    निःशुल्क एम्बुलेन्स, सुत्केरी प्रतिक्षा घर, थप ३ हजार पोषण खर्च, उत्कृष्ट व्यवस्थापन र जाँगरिला कर्मचारीको संयोजन मिल्न जाँदा हिमाली जिल्लाका बर्थिङ सेन्टरहरु मध्येकै बढी सेवा दिने स्वास्थ्य चौकी बन्न गएको गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

    घरमै हुने सुत्केरीलाई निरुत्साहित गरी आमा र बच्चाको ज्यान बचाउने यस कार्यमा हेलम्बुबासीको उच्च चासो र सहभागिताको लागि हार्दिक आभार व्यक्त गर्दछौं, अध्यक्षले भने, ‘आगामी दिनमा उपलब्ध सेवाको थप उपभोगका लागि अनुरोध गर्दछौ ।’

    स्वास्थ्य चौकीमा गर्भवतीहरुको भिडियो एक्सरे गर्ने सुविधा समेत रहेको संयोजक सिग्देलले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस