२०८२ बैशाख २, मंगलबार | Tue, 15, Apr, 2025

जम्बु बाढी पहिरोः मृतकको परिवारलाई प्रदेश र पालिकाबाट एक/एक लाख सहयोग

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असार २६, २०७७
    चौताराः बाह्रविसे नगरपालिकामा गएको बाढिमा परी मृत्युु हुनेको परिवारलाई १ लाख उपलब्ध गराउने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालद्वारा जारी विज्ञप्तिमा मृतक परिवारलाई बागमती प्रदेश सरकारबाट तत्काल प्रति मृतक १ लाख राहत उपलब्ध गराउने जनाइएको हो ।

    बिज्ञप्तीमा थप जोखिम हुन नदिन भूसंरक्षणको काम तत्काल अघि बढाइने, अरनिको राजमार्गको बाह्रबिसे तातोपानी खण्ड सुचारु गर्न तत्काल सडक मर्मतको काम अघि बढाइने उल्लेख गरिएको छ ।

    नगरपालिकाको एक लाख

    बार्हबिसे नगरपालिकले जम्बु बाढीका मृतक परिवारलाई तत्काल किरियाखर्च बापत १ लाख उपलब्ध गराउने निर्णय गरेको छ । गम्भीर घाईतेको उपचारका लागि सोही बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

    सामान्य घाईतेको सम्पूर्ण उपचारको ब्यबस्था गर्ने पनि निर्णय भएको मेयर निमफुन्जो शेर्पाले बताए। बाढीबाट बिस्थापित बनेकाहरुलाई मध्यभोटेकोसी जलविद्युत आयोजनाको आवास गृहमा राखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस