२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

भोटेकोशी बाढीमा बेपत्ताको पहिचान खुल्यो (नामसहित)

  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असार २५, २०७७
    चौताराः भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरुको पहिचान खुलेका छ। बाढीमा बेपत्ता हुनेमाबाह्रविसे नगरपालिकाका १६ जना र भोटेकोसी गाउँपालिकाका ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    बेपत्ता हुनेहरुमा भिमबहादुर वाईवा, चिनीमायाँ वाईवा, लिलामायाँ वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमायाँ वाईवा, जनक बहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ रहेका छन् ।

    बेपत्ता हुनेमा भोटेकोसी गाउँपालिकाका निमादोर्जे तामा, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उनकी ३ बर्षिया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस