असार २२, २०७७
चौताराः सिन्धुपाल्चोकमा आइतबार थप एक जनामा कोरोना पुष्टि भएका छ। भारतबाट आएका एक एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।
चौतारा साँगाचोकगढी नगरपालिका १४ का ५० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
भारतबाट असार ८ गते आइपुगेपछि जिल्ला समन्वय समितिको क्वारेन्टिनमा बसेका थिए। यो ठाउँ खाली गर्नुपर्ने भएपछि मेलचौर पछि साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।
यो सँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ५० पुगेको छ। सोमबार बिहान पनि जिल्ला कारागारमा कार्यरत कार्यालय सहयोगी ५७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। संक्रमित पुरुषलाई चौतारा अस्पतालमा रहेको आइसोेलेसनमा राखिएको छ।
यसअघि कोरागारमा रहेको एक कैदीमा कोरोना पुष्टि भएको थियो। सिन्धुपाल्चोकमा संक्रमितमध्य २० जना कोरोना जितेर घर फर्किसकेका छन्। भने एक जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोनाबाट पहिलो मृत्यु सिन्धुपाल्चोकमा भएको थियो।
प्रतिक्रिया दिनुहोस