२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सोमबार थप १८० जनामा कोरोना संक्रमण, कहाँ कति संक्रमित थपिए?

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार २२, २०७७
    चौताराः नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    नेकपामा कोरोना संक्रमितमध्ये ३५ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। हालसम्म कोरोना जितेर ६ हजार ८११ जना घर फर्किएका छन्। सोमबार कोरोना जितर २ सय ६४ घर फर्किएसँगै ६ हजार ८ सय ११ घर फर्कनेको संख्या पुगेको हो।

    कहाँ कति थपिए संक्रमित?

    सोमबार सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन्। ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८÷८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६÷६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५÷५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

    प्युठान र काभ्रेका ४÷४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३÷३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २÷२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस