असार २०, २०७७
चौताराः नेपालमा पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा चार हजार ५० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।
शनिबार २३२ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार ७ सय ४० जना संक्रमित थपिएका थिए।
थप दुईको मृत्यु
नेपालमा कोरोना भाइरस ९कोभिड—१९० बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो।
गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो। असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए। १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो। उनी मधुमेहका दीर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो।
यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए। क्षयरोगका बिरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो। असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
प्रतिक्रिया दिनुहोस