असार २०, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार ११ महिनाको शिशुसहित १२ जनामा कोरोना पुष्टि भएको हो।
थप १२ जनामा कोरोना पुष्टि भएसँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमित हुनेको संख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए।
संक्रमितमध्ये पाँचपोखरी थाङपाल गाउँपालिकाका ११ जना, इन्द्रावतीका १ जना जना रहेको बताए। कोरोना पुष्टि भएकाहरु एक जना कतारबाट, एकजना साउदीबाट र १० जना भारतबाट आएका हुन्।
प्रतिक्रिया दिनुहोस