२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ पुग्यो

  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • असार २०, २०७७
    चौताराः नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ। गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३३ पुगेको हो।

    उपचारका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस