असार १७, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्ला कारागार कार्यालय चौतारामा रहेका कै कैदीबन्दीमा कोरोना संक्रमण भएपछि उनलाई काठमाडौँ पठाइएको छ। कोरोनाको उपचार र गालामा भएको घाउँको परीक्षणका लागि बुधबार काठमाडौं पठाइएको हो।
उनलाई शसस्त्र प्रहरीको बलम्बु अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। बलात्कार आरोपमा अदालतबाट कैद सजाय भोगीरहेका ती वृद्धमा कोरोना पुष्टि देखिएको थियो।
कारागार रहेको ति वृद्धमा कोरोना पुष्टि भएपछि कारागारमा भएका १ सय २२ जना कैदी र सुरक्षाकर्मी र कर्मचारीहरु सहित अब १ सय ५० को कोरोना परिक्षण हुने बताए।
बुधबार ३४ कैदीबन्दी र ४ जना प्रहरीको स्वाब संकलन गरिएको छ। कैदीलाई कोरोना देखिएपछि कारागार आसपास सुरक्षा सर्तकता अपनाइएको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस