२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कारागारमा बसेका कैदीबन्दीमा कोरोना संक्रमण

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • असार १७, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्ला कारगार कार्यालय चौतारामा रहेका एक कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। चौतारा साँगाचोकगढीका ७२ वर्षीय वृद्धामा कोरोना पुष्टि भएको हो।

    बलात्कार आरोपमा अदालतबाट कैद सजाय भोगीरहेका ती वृद्धमा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाए। क्यान्सर रोगी रहेका ति वृद्धको पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो।

    कारागार रहेको ति वृद्धमा कोरोना पुष्टि भएपछि कारागारमा भएका १ २२ जना कैदी र सुरक्षाकर्मी र कर्मचारीहरु सहित अब १ सय ५० को कोरोना परिक्षण हुने बताए। दिर्घरोगी भएकाले काभ्रेको धुनिखेल र काठमाडौँको विभिन्न अस्पतालमा उपचार गर्न लैजादाँ कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस