असार १७, २०७७
तातोपानीः तातोपानी नाकाबाट तीन महिनामा एक अर्व ४८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। चीनमा कोरोना भाईरस प्रकोपपछि चैतबाट सुचारु भएको हो।
यही बीचमा असार १५ सम्ममा एक अर्व ४८ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख लालवहादुर खत्री जानकारी दिए। कोरोना प्रकोप नियन्त्रणका औषधि, कृषि सामग्री र फलफूललगायतका सामग्री भन्सारबाट धेरै आएको उनले बताए।
वर्षासँगै पहिरोको कारण बेलाबेला सडक अवरोध भएकाले सामान आयातमा समस्या भएको उनको भनाई छ। तातोपानी भन्सार सुक्खा बन्दरगाहमा दैनिक १५ कन्टेनर सम्मको भन्सार हुने गरेको छ।
चीनतर्फ नेपाल ल्याउने सामग्री बोकेका कन्टेनर पालो कुरेर बसेको व्यवसायीहरु बताउँछन्। चीनले पठाएको भोलुममा सामान नेपाल भित्र्याउन सकेको छैन। पछिल्लो पटक भन्सार सञ्चालन भएसँगै नेपाल भित्रिने सामग्रीमा वृद्धि भएको छ।
तर, नेपाल वाट चीन निर्यात भने शून्य अवस्थामा छ। नेपालले विगतमा निर्यात गर्ने ऊन, हस्तकलाका सामग्री, गलैंचालगायतका सामान निर्यात गर्ने गरेको थियो।
प्रतिक्रिया दिनुहोस