२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

नेकपा (एमाले) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन, नेकपामा खैलाबैला

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • असार १७, २०७७
    चौताराः नयाँ दल नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। नेकपा एमाले दर्ताका लागि निवेदन परेपछि सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा खैलाबैला मच्चिएको छ।

    जारी स्थायी कमिटीको बैठकमा पनि एमाले पार्टी दर्तामा नेकपाकै नेताहरुको संलग्नताबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन्।

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले नामको नयाँ दल दर्ताका लागि झापाकी सन्ध्या तिवारीले सोमबार आयोगमा निवेदन दिएएको बताए।

    आजको यस बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा दल दर्ताको निवेदन परेको दाबी गरेका छन्। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीको शिर्ष नेताहरुले प्रधानमन्त्री ओलीलाई दुवैं पदबाट राजीनामा दबाब दिइरहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस