खबरज्योति असार १६
विदुर गिरी/ जुगल –अन्न बाली सखाप पार्ने घातक किरा सलह सिन्धुपाल्चोक प्रबेस गरेको छ । मंगलबार दिउँसो जुगल गाउँपालिका– ३ बाेल्देमा लाखौंको संख्यामा सलह आइपुगेको जुगल–३ का वडा सदस्य हिमाल तामाङले जानकारी दिए ।
दिउँसो ३ः३० बजेको समयमा सलह आइपुगेपछि स्थानियहरुले सलह टिप्न सुरु गरेको वडा सदस्य तामाङलै बताए । आधा घण्टा जति उक्त स्थानबाट सलह अलि माथि उडेर गएको पाइएको छ । सलह बसेको स्थान रुख बिरुवा मात्र भएको जंगल भएकाले अन्न बालीको क्षति हुन नपाएको स्थानिय वासिको भनाइ छ ।
किसानले खेति लगाउने र बालि भित्र्याउने समयमा अन्न बालि सखाप पार्ने किराले जिल्ला प्रबेस गरेपछि किसानहरु चिन्तित भएकाछन् ।
सलह किरा देखा परे के गर्ने?
सलह एक उच्च पोसिलो किरा भएकाले कुखुराको दाना बनाउन प्रयोग गर्न सकिन्छ। सलह आएको देखेपछि ठूलो स्वरमा स्पिकरहरु बजाउने, थाललगायत सामग्री बजाएर आवाज निकाल्ने, धुवा लगाएर पनि किरालाई अन्त मोड्न सकिन्छ। त्यस्तै धान तथा तरकारी बालीको ब्याड (बिउ राखिएको ठाउँलाई) झुल तथा जालिले छोप्न सकिन्छ।
विषादी प्रयोग गर्नुपर्ने अवस्था आएमा सलह किरा बास बसेको ठाउँ पत्ता लगाएर बिहान घाम नलाग्दै प्रयोग गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस