२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

अवैध रुपमा आफै उम्रेका ३ हजार बोट गाँजा नष्ट

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • असार १६, २०७७
    चौताराः जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अवैध रुपमा उम्रेका गाँजा नष्ट गरेकोे छ। सोमबार चौतारा साँगाचोकगढी नगरपालिका ४ र ५ को का विभिन्न स्थानमा गएर गाँजा नष्ट गरेको हो।

    आफै उम्रेका करिब ५ रोपनीमा रहेको १६ सय गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लले जानकारी दिए। डिएसपी काफ्लको कमाण्डमा खटीएको प्रहरी टोलीले गाँजा नष्ट गरेका हो।

    यस्तै, चौतारा साँगाचोक गढी नगरपालिका १० देउराली पनि १५ सय गाँजाको बोट नष्ट गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस