२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

जोडीहरू यौन सम्बन्धमा कति खुसी हुन्छन्? यस्ता छन् रोचक तथ्य

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार १५, २०७७
    काठमाडौँः विवाहलाई हेर्ने हाम्रा अनेक दृष्टिकोणहरू छन् । विवाह एउटा असल जीवनसाथी खोज्ने र व्यावहारिक जीवनतिर प्रवेश गर्ने बाटो पनि हो । तर, योसँगै विवाहले मानिसको यौन जीवन व्यवस्थापनको कामसमेत गर्छ ।

    यद्यपि विवाहित जोडीहरूको यौन जीवन सुखद नै हुन्छ भन्नेचाहिँ हुँदैन । आई भिलेजले गरेको एक सर्वेक्षणमा विवाहित जोडीको यौन जीवनबारे केही रहस्यहरू खोतलेको छ । अनुसन्धानअनुसार आफ्नो प्रेम हुँदै यौनसम्बन्धसम्म पुगेका ६८ प्रतिशत पुरुषले प्रेमिकासँग विवाह गर्छन् भने ४५ प्रतिशत महिलाले मात्रै आफ्नो प्रेमीसँग विवाह गर्छन् ।

    ४२ प्रतिशत महिलाले आफ्नो श्रीमानले अनलाइनमा अश्लील सामाग्रीहरू हेरेको थाहा पाउँदैनन् । महिलाहरूले पनि यस्ता सामग्री हेर्छन् । यद्यपि यस्ता सामग्री हेर्नेमध्ये ६३ प्रतिशत महिलाले त्यसबारे कसैलाई जानकारी दिँदैनन् ।

    ७९ प्रतिशत पुरुष आफ्नी श्रीमती यौन सम्बन्धमा सन्तुष्ट रहेको विश्वास गर्छन् तर करिब ६० प्रतिशत महिलाले मात्रै श्रीमानसँगको यौन सम्बन्धमा सुख प्राप्त गरेको महसुस गर्छन् । सो अध्ययनअनुसार ५५ प्रतिशत महिलालाई आफ्नो श्रीमान् आफूसँगको यौन सम्बन्धमा सन्तुष्ट रहेको विश्वास हुन्छ । तर, पत्नीसँगको यौन सम्बन्धबाट सन्तुष्ट हुने पुरुषहरूको संख्या निकै बढी हुन्छ ।

    यसैगरी ५२ प्रतिशत महिला र ४९ प्रतिशत पुरुषहरू बच्चा जन्मेपछि आफ्नो यौन जीवन ध्वस्त भएको ठान्छन् । श्रीमतीको तुलनामा श्रीमान् बढी शंकालु हुन्छन् । आफ्नी श्रीमतीको अरुसँग सम्बन्ध छ कि भनेर ३४ प्रतिशत पुरुषले श्रीमतीको मोबाइल चेक गर्छन् । तर यसरी श्रीमानमाथि निकै कम महिलाले मात्रै शंका गर्छन् । एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस