२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

दैनिक व्यायाम गर्दा पनि वजन किन घट्दैन?

  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ४ साल अघि
  • असार १४, २०७७
    काठमाडौँः दैनिक व्यायाम र जीमखाना जानु मानिसको सौख बन्ने गरेको छ । शरिरको तौल घटाउन मानिसले खानामा पाइने क्यालोरी घटाउन लाभदायक हुने गर्दछ ।

    रातको समयमा मानिसले थोरै खाना खाने गर्दछ । कित्सकहरु शरीरलाई चाहिने खाना आफुखुसी घटाउनको कारण मानिसको स्वास्थ्यलाई फाइदा नहुने प्रतिक्रीया दिन्छन् ।

    मानिस काम गरेपछि धेरै नै थाक्छ । यस अवस्थामा शरिरलाई चाहिने क्यालोरीको मात्रा बढि नै रहेको हुन्छ । दैनिक काममा व्यस्त हुने मानिसले धेरै तरल पदार्थ लिनु पर्दछ । दहि, फलफूलका रस, शरवत, चिनी र अन्य क्यालोरी भएका तरल पदार्थ शरिरको लागि अत्यावश्यक हुने गर्दछ । २०१५ मा प्रकाशित जर्नल अफ हेल्थ साइकोलोजिले तरल पदार्थ बजारमा भन्दा घरमै बनाउनु लाभ दायक हुने तर्क निकालेको छ ।

    मानिसलाई व्यायाम गरेपछी अति नै भोक लाग्ने गर्छ । व्यायाम गरेछी तुरुन्तै क्यालोरी भएको खाना धेरै मात्रामा नखान चिकित्सकहरु बताउँछन् । मानिसले भोकलाई सहन सिक्नु पर्छ । थोरै खाना खाँदा मानिसको वजन कम हुने तर्क उनीहरु गर्छन । भोकपछि मानिस थकित हुन्छ । मष्तिस्क तनावले भरिन्छ । कहिलेकाहिँ भावानात्मक हुनु पनि खाली पेट कै नतिजा हो भनिन्छ ।

    मानिसमा वर्नआउट भएको बेला उसले खाना देखि कहिले आत्तिने गर्नु हुँदैन । व्यायाम, स्वास्थ्य खाना र दैनिकी रमाइलो जीवन शैलीले मानिसलाई सधैं सुखी बनाउँछ ।

    मानिसको निन्द्रा अति प्यारो विषय हो । दैनिक जीवनयापनमा व्यायाम पछाडीको शरिरमा खानाको मात्रामा कमी हुन सक्छ । यस अवस्थामा शरिरले लेप्टिन र घ्रेलिन जस्ता हार्मोन उत्पादन गरिरहेको हुन्छ । विभिन्न हार्मोन उत्पादन हुने कारण व्यायाम पछिको सन्तुलित आहर शरिरको आवश्वकता हो ।

    २०१५ मा प्रकाशित डायबोटोलोजियामा भनिएको छ मानिस ४ दिन मात्र नसुतेमा शरिरमा फ्याटको मात्रा बढ्ने छ । दिनानुदिन काम गर्नपनि मानिसलाई आरामको मद्त पर्ने नै गर्छ ।

    चिकित्सकहरुले मानिसलाई दैनिक ७ देखि ९ घण्टाको आराम चाहिने तर्क गर्दै आएका छन् ।
    (स्रोतः सि. एन. एन)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस