असार १४, २०७७
सिन्धुपाल्चोकः सरकारको स्वास्थ्य सामाग्री आयातको लागि रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा ल्यायो। तर, तातोपानी नाकाबाट सहज रुपमा सामाग्री आयात भइरहे पनि केरुङ नाका सञ्चालनमा स्थानीयले अवरोध गरेका छन्।
स्थानीयको अवरोधपछि सामान लिन केरुङ जाँदै गरेका कन्टेनर बाटोमै अलपत्र परेका छन्। शनिबार काठमाडौंबाट केरुङतर्फ जाँदै गरेका कन्टेनरहरुलाई स्थानीयले कालिकास्थानबाट फर्काएका छन्।
‘कन्टेनर लिएर कालिका स्थानसम्म पुग्यौ, गुण्डागर्दी शैलीमा युवाको हुल आएर कन्टेनर फर्काउन धम्की दिएपछि वेत्रावती आएर बसेको सिल्क ट्रान्सपोर्टका एक कन्टेनर चालकले बताए।
सुरक्षाको माग आएको छः प्रहरी
सामान लिन केरुङ जाँदै गरेका कन्टेनर चालकले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले बताए। ‘चीनले दैनिक चार कन्टेनर मात्र सामान ल्याउने तर नेपाली कन्टेनरको चाप बढेकोले केही समस्या भएको उनको भनाई छ।
नेपाल आउने सामान चीनले आफ्नै कन्टेनर र चालकले मितेरी पुलसम्म ल्याइदिने र नेपाली कन्टेनरले सम्बन्धित ठाउँसम्म पु¥याउन पाउने गरी बुधबार नेपाल–चीन सहमति भएको थियो। मितेरी पुलमा आएको सामान लिन जाने चालक र सहयोगीका कोरोना परीक्षण अनिवार्य हुनुपर्ने सर्त चिनियाँ पक्षको थियो।
प्रतिक्रिया दिनुहोस