२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

मोहन बस्नेत भन्छन्ः बेसार पानी र हाछ्युले कोरोना टर्दैन, परिक्षण गर्न पिसिआर मेसिन चाहिन्छ

  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • असार १३, २०७७

    चौताराः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तया पुर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक पिसिआर मेसिन ल्याउन प्रतिबद्धता गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै नेता बस्नेतले यस्तो प्रतिबद्धता गरेका हुन्।

    तिव्र रूपमा कोरोना फैलिरहेको बेलामा सरकारले परिक्षणको दायर बढाउन नसकेकोले व्यक्ति गत रूपमा मेसिन किन्न लागेको बताए। कोरोना संक्रमित बढिरहका छन्। सरकारले नियन्त्रण गर्न सक्ने आधार देखाएको छैन उनले भने, त्यसैले आफुले कोरोना परिक्षण मेसिन ल्याउन लागेको हुँ।

    विदेशबाट भित्रनेलाइ उचित क्वारेन्टाइन व्यवस्था नहुनु, परिक्षणमा ढिलाइ हुनु, आशंका गरिएका व्यक्तिहरूको परिक्षण हुन नसक्नु, कन्ट्राक ट्रेडिङमा ध्यान नदिनु, स्वास्थ्य सामाग्री उपलब्ध नहुनु कोरोना महामारीका बेलामा सरकारबाट भ्रष्टाचारको गन्द आएका कारणले सरकारले कोरोना नियन्त्रण गर्न नसक्ने बताए।

    ‘बेसार पानी खानु, हाछ्यु गर्नु, कोरोना फाल्नु, घरमा बस्नु’ भन्ने जस्ता सरकारी रवैयाबाट कोरोना महामारी व्यवस्थापन र समाधान नहुने हुँदा जनस्तरबाटै सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता देखिएकाले कोरोना परीक्षणको अत्याधुनिक उपकरण यधाशिघ्र व्यवस्था गर्न लागेको बताए।

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाह्रविसे अस्पतालमा मेसिन राख्ने उनले बताए। सरकारले कोरोना परिक्षण मेसिन ल्याउदा कोरोनन समुदाय स्तरमै फैलिनसक्छ। त्यसैले आफ्नो जिल्ला कोरोना परिक्षण मेसिन ल्याउन लागेको हु उनले भने।

    नेता बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत रहेका ६१२ जना स्वास्थ्यकर्मीको कोरोना बिमा समेत गरेका छन्। यस्तै नेपालमा कोरोननबाट पहिलो मृत्यु भएको बाह्रविसे नगरपालिका राम्चेको महिलाको बच्चाको जिम्मेवारी समेत लिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस