असार १३, २०७७
हेलम्बुः हेलम्बुु गाउँपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध भएको छ। सातदोबाटो, ललितपुरको ‘दयाका हातहरु नेपाल’ नामक संस्थाले गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो।
गाउँपालिकामा रहेका विपन्न परिवारमा रोजगारी सिर्जना गर्नका लागि दुई लाख रुपैयाँको साथमा स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्णकुमार दाहालले जानकारी दिए।
प्रदान गरिएका स्वास्थ्य सामग्रीमा पीपीई सेटलगायतका सामग्री २८ थान र केएन ९५ मास्क ५ सय थान रहेको छ । दीर्घरोगीहरुका लागि रु ५ लाखभन्दा बढीको औषधि उपलब्ध गराएको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा र स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई संस्थाका कार्यक्रम व्यवस्थापक कृष्णकुमार दाहाल र वरिष्ठ अधिकृत रामनाथ राउतले शुक्रबार नगद तथा सामाग्री हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस