चौताराः काभ्रेको रोशी गाँउपालिकामा बुद्धचित्त लुटपाट पर्ने क्रममा गोली चलेको छ। बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले गोली चलेको हो।
बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको बताए।
रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो। बम राखेर बाटो अवरोध रहेको कारण प्रहरी घटनास्थलमा पुग्न समस्या भएको प्रहरीको भनाई छ।
घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस