२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

लिसंखुपाखर र त्रिपुरासुन्दरीले ल्यायाे बजेट: कसकाे कति?

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असार ११, २०७७

    चौतारा: अागामि अार्थिक बर्षसंका लागि लिसंखुपाखर गाउँपालिकाले ५१ करोडकाे बजेट ल्याएकाे छ। गाउँपालिकाले ५१ करोड ५६ लाख ६३ हजार ८१० रुपैयाँको बजेट ल्याएकाे गाउँपालिका अध्यक्ष कमले नेपालले जानकारी दिए।

    गाउँपालिकाले चालु खर्चतर्फ ५ करोड ६९ लाख ५० हजार र पूजिगत खर्चतर्फ १८ करोड ६९ लाख १८ हजार ८१० रुपैयाँ बजेट विनियोजन गरेकाे छ।

    क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड ३८ लाख, सामाजिक विकास तर्फ १ करोड ३९ लाख, पूर्वाधार विकास तर्फ ८ करोड ९३ लाख, विपद् व्यवस्थापन तथा कोरोना नियन्त्रण तर्फ ७२ लाख रुपैयाँ, सुशासन तथा संस्थागत विकास तर्फ ५ करोड ८४ लाख विनियोजन गरेको छ ।

    त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४१ करोड ८० लाख ४५ हजार ९८० रुपैयाँ बजेट सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए। पूँजीगततर्फ ५ करोड ४२ लाख ९६ हजार ९८० र चालुतर्फ ४ करोड ६३ लाख छयानब्बे हजार ९८० विनियोजन गरेको उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस