२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

भाेटेकाेशीले ल्यायो ४४ कराेड ७१ लाखकाे बजेट

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असार ११, २०७७
    चाैतारा: भोटेकोशी गाउँपालिकाले अागामि अार्थिक बर्षका लागि ४४ करोड ७१ लाख ६ सय ७० रुपैयाँको बजेट ल्याएकाे छ।

    चालुतर्फ ५ करोड ८१ लाख ६० हजार, पूँजीगततर्फ १५ करोड ८७ लाख ६८ हजार ८७० बजेट विनियोजन गरिएको भाेटेकाेशी गाउँपालिका अध्यक्ष राजकुमार पाैडेलले जानकारी दिए।

    भोटेकोशीले सडक बोडैबाट ६ लाख र प्रदेश तथा स्थानीय सरकार सहयोगी कार्यक्रमबाट ३ लाख ५२ हजार, भोटेकोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट १ करोड ४८ लाख ३३ हजार रुपैयाँ र गत आर्थिक वर्षको गाउँपालिकाको बैक मौज्दातबाट ५ करोड ६० लाख १२ हजार ६ सय रुपैयाँबाट यस वर्षको ४४ करोड ७१ लाख बजेट ल्याएकाे बताए।

    संघीय सरकारबाट सशता अनुदान ११ करोड ७८ लाख, बागमती प्रदेश सरकार शसर्त अनुदान १ करोड ५९ लाख ५९ हजार पनि गाउँपालिकालाई प्राप्त हुन जनाए।

    गाउँपालिकाले विपद व्यवस्थापनका लागि ४५ लाख समेत छुट्याएको छ । त्यसैगरि पूर्वाधार विकासतर्फ १२ करोड २ लाख ६८ हजार ८७० रुपैयाँ छुट्याएको छ । सामाजिक विकासतर्फ ६ करोड १ लाख १० हजार ८ सय रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ ।

    गाउँपालिकाले ५ वटै वडाको लागि २ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिलाई उत्पादनमुखी बनाउन स्याउ, ओखर, किवी, टिम्मुरलगायतको उत्पादन गर्न किसानलाई प्रोत्साहन गरिनेछ । रोजगार प्रबर्धनका लागि अध्यक्ष रोजगार कार्यक्रमको सुरुवात गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस