२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

राप्रपाद्वारा स्वास्थ्य सामग्री प्रदान

  • २०७७ अषाढ १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • मेलम्चीः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको छ ।

    राप्रपा केन्द्रीय सदस्य उदय सापकोट, पूर्व सांसद चलनबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल नरसिं श्रेष्ठ, २ नं क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहाल, नगर अध्यक्ष किरणदिप खड्काले स्वास्थ्य सामग्री मेलम्ची नगर प्रमुख डम्बर अर्याल र स्वास्थ्य केन्द्र प्रमुख विनोद केसीलाई हस्तान्तरण गरे।

    हस्तान्तरित स्वास्थ्य सामग्रीमा २६ थान पीपीई सेट, परीक्षण पञ्जा ५०० थान, बुट कभर ३०० थान, सर्जिकल मास्क १ हजार थान, गुगल्स ३० थान, केएन ९५ मास्क ४० थान, ह्यान्ड स्यानिटाइजर ३० बोतल र फेस सील्ड १२ थान रहेका छन् ।

    अहिलेको विषम परिस्थितिमा सहयोग गर्नु सबैको दायित्व भएकाले जनस्वास्थ्यमा केही भए पनि टेवा पुगोस् भनेर सहयोग गरिएको राप्रपा केन्द्रीय सदस्य उदय सापकोटाले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस