२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

नेकपा स्थायी कमिटीः सातवटा कार्यसूची प्रस्तुत, अर्को बैठक १२ गते बस्ने

  • २०७७ अषाढ १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा ७ वटा कार्यसूची पेश भएको छ। पार्टीका महासचिव बिष्णु पौडेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कार्यसूची पेश गरेका हुन्।

    अध्यक्षद्धयबाट प्रस्तावित कार्यसूचीमा मन्तव्य, कोरोना भाइरस (कोभिड१९) रोकथाम तथा उपचारतर्फ, नेपालको सीमा समस्या समाधान, सरकारको कामको समीक्षा, पार्टीको कामको समीक्षा, पार्टी एकीकरणको बाकी काम, अमेरिकी परियोजना एमसिसी र अन्य विविध कार्यसूची प्रस्तुत गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    विविधमा रुकुम घटनालगायत अन्य समसामयिक बिषयमा छलफल हुने छलफल हुने उनले बताए। बुधबारबाट सुरु भएको बैठक असार १२ गते बस्ने भएको छ। बुधबारको बैठकमा अध्यक्षद्धयले आफ्नो भनाइ राखेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस